
– झलक पाली
डोटी, २३ माघ । डोटीको बाँझककानी गाविसमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
बाँझककानी गाविस १, सर्ङाईलकी अन्दाजी २७ वर्षीया रेश्मा मल्ल खड्काको भीरबाट लडेर शुक्रबार ज्यान गएको हो ।
शुक्रबार बिहानै घरपरिवारलाई कुनै जानकारी नदिईकनै घाँस काट्न गएकी रेश्मा भीरबाट लडेर ज्यान गएको र साँझसम्म घरमा नआएपछि घरपरिवार र स्थानीयले खोजी गर्दा उनको स्थानीय अनकन्टार सर्ङाईली भीरमा शव फेला परेको स्थानीयबासी गणेश ऐरले जानकारी दिए ।
मृतकका श्रीमान लाल बहादुर खड्का चण्डीदल गण सिन्धुलीमा कार्यरत रहेको र उनका ३ वर्षे एक छोरा र ७ महिने एक छोरी रहेका छन् । मृतक रेश्माको शनिबार अन्तिम सँस्कार गरिंदैछ ।












प्रतिक्रिया