१४ कार्तिक २०८३, शनिबार

तीन फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorवालिङ, २३ माघ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घटनामा संलग्न भई फरार भएका व्यक्तिलाई पक्राउ अभियानलाई तीव्रता दिएको छ ।

प्रहरीले विभिन्न मुद्दामा सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गर्ने क्रममा दुई पुरुष र एक महिलालाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

उन्नाइस (१९) वर्षअघि चोरी मुद्दा लागेका स्याङ्जाको ठूलाडिही गाविस–३ का ५४ वर्षका पोटबहादुर कार्की, १८ वर्षअघि लेनदेनको मुद्दा लागेका पुतलीबजार १० का ५४ वर्षका रामप्रसाद रेग्मी र १४ वर्षअघि बिगो मुद्दा लागेकी स्याङ्जाको भिरकोट नगरपालिका–१२ की ६१ वर्षीया मीनाकुमारी रानालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । रासस