
काठमाडौँ, २२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रवक्ता विष्णु भट्टराईलाई पदमुक्त गर्नुभएको छ ।
यसैगरी नेता थापाले सुर्खेतका मुकुन्दश्याम गिरी र काठमाडौँका इन्द्र चित्रकारलाई पार्टीका सहायक महामन्त्रीमा मनोनयन गर्नुभएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाका अनुसार यसअघि सहायक महामन्त्रीमा आठ जना रहेकामा अब दश जना पुगेका छन् । रासस












प्रतिक्रिया