
जनकपुरधाम, २२ माघ । काठमाडौँबाट खटिआएको नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज जनकपुरका चार चिकित्सकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरका विभिन्न अस्पताल तथा क्लिनिकमा कार्यरत डा कल्याण विश्वास, सन्तोष यादव, भगवान सहनी र शैलेन्द्रकुमार महतो रहेको धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो ।
अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक नेतृत्वको टोलीले केही बुझ्नु छ भन्दै उनीहरुलाई पक्राउ गरेर काठमाडौँ लगेको छ । उनीहरुलाई के कति कारणले पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन । रासस












प्रतिक्रिया