नयाँ दिल्ली, २२ माघ । दक्षिणी भारतीय राज्य तामिलनाडुमा शुक्रबार विहान सबेरै भएको रेल दुर्घटनामा कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
बैङ्लोरबाट कन्याकुमारीतर्फ गईरहेको सो रेलेको चार वटा डिब्बा पटरीबाट छुट्टिएपछि सो दुर्घटना भएको जनाइएको छ ।
प्रान्तीय राजधानी चेन्नाईबाट १७० किलोमटिर टाढा रहको भेल्लोरे जिल्लामा उक्त दुर्घटना भएको इन्डो एसियन समाचार सेवाले जनाएको छ ।
भारतको दक्षिणी रेलवे सेवाले प्रकाशित गरेको विज्ञप्तिमा बिहानीपख करिब ४ः१५ मा उक्त दुर्घटना भएको थियो ।
यस दुर्घटनापछि सो इलाकामा चल्ने ११ वटा रेलको सेवा शुक्रबार बिहान स्थगित गरिएको जनाइएको छ । रासस/पिटिआई















प्रतिक्रिया