१४ कार्तिक २०८३, शनिबार

अखिल क्रान्तिकारीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ५ बुँदे ज्ञापन पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

akhil– झलक पाली
डोटी, २२ माघ । एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी डोटीले विभिन्न ५ बुँदे माग सहित शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पेट्रोलियम पदार्थ, ग्याँसको वितरण सहज र पारदर्शी बनाईनुपर्ने, पेट्रोलियम पदार्थ र दैनिक उपभोग्यवस्तुको जिल्ला स्तरमा सिर्जना गरिएको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गरि दोषि उपर कडा कारबाही गरिनुपर्ने, जिल्लाभित्रका सार्वजनिक यातायात भाडादरमा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटको व्यवस्था व्यवहारतः कार्यान्वयन गरिनुपर्ने, लामो दुरीका यातायातका साधनमा कोटा निर्धारण र किलोमिटर दुरीका आधारमा सरकारी भाडादर कायम गरि लागु गरिनुपर्ने अखिल क्रान्तिकारीले माग राखेको छ ।

संगठनका डोटी अध्यक्ष रामबहादुर खड्काद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा शक्ति र पहुँचको दुरुपयोग गरि पेट्रोलियम पदार्थको सेवा सुविधा लिने प्रणालीको अन्त्य गर्दै वितरण प्रणाली जनमुखी र सेवामुखी बनाईनुपर्ने, सरकारी दरबन्दीमा कार्यरत शिक्षक, प्राध्यापकहरु नियम विपरित सेवा स्विकृती नलिईकनै विभिन्न संघसँस्थामा र राजनीतिक दलहरुको सक्रिय पदमा जिम्मेवारी बहन गरि शैक्षिक क्षेत्रमा भईरहेको दुर्दशाप्रति यथाशिघ्र नियमन र नियन्त्रण गरि कारवाही गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

जिल्ला स्तरमा विभिन्न सञ्चार माध्यमले उठाएका समाचारहरुको सुनुवाई र सम्वोधनमा यथाशिघ्र पहल कदमी लिंदै दोषि उपर कारवाही गरिनुपर्ने पनि माग गरेको छ ।

अखिल क्रान्तिकारीको ज्ञापन पत्र बुझ्दै डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी जनकराज शर्माले मागहरु जायज रहेको र ज्ञापन पत्रलाई तुरुन्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाईने प्रतिवद्धता जनाएको संगठनका जिल्ला सचिव गणेश बमले बताए ।