१४ कार्तिक २०८३, शनिबार

अज्ञात समूहद्धारा स्कुल बसमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DANGदाङ, २२ माघ । पश्चिम दाङमा रहेको एक वोडिङ स्कुलको बसमा गएराति तोडफोड भएको छ ।

धनौरीस्थित मिड वेष्ट प्वायन्ट एकाडेमीको वसमा तोडफोड भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट मर्मत गरेर पश्चिमतर्फ जानेक्रममा पश्चिम दाङको भमके खोला पुलनजिक हिजो राति ८ बजे एक युवाहरुको समूहले बसमाथि तोडफोड गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तोडफोडवाट वसको सिसाहरु फुटेका छन् । तोडफोडमा संलगन रहेको आशंकामा पवननगर –७ का २३ वर्षिय रोहन वस्नेत र हेकुली –६का श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

सो क्रममा २ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रमा लिएको छ ।