१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीको १८ औं स्थापना दिवस डोटीमा पनि मनाईयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doti-chautari

डोटी, २२ माघ । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल डोटी शाखाले चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको पत्रकारिता क्षेत्रकै पूरानापत्रकार, मुर्तिकार, साहित्यकार एवं समाजसेवी धनबहादुर मल्लको प्रमुख आतिथ्यता, निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र नेकपा एमाले डोटीका सचिव राम ऐरको विशिष्ट आतिथ्यतामा विभिन्न निकायका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थितीमा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मल्लले वि.सं. २०१५ सालतिर भर्खरै फस्टाउँदै गरेको पत्रकारितादेखि अहिलेको पत्रकारीता सम्मको स्मरण गराएका थिए । हस्तलिखित, आवा, फोन, फ्याक्स हुदै ईन्टरनेटको जमानासम्म पुग्दा तुलनात्मक रुपमा विगतभन्दा विभिन्न हिसाबले अहिलेको पत्रकारीता सहज भएतापनि अँझै थुपै्र समस्या रहेको धारणा राखे ।

त्यस्तै विशिष्ट अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले विभिन्नखाले विचार, गुनासा, जिज्ञासा, सफलता, असफलतालगाएतका राम्रा र सुधारात्मकपक्ष केलाउने पेशापत्रकारीताभएकाले नै राज्यले चौथो अंग स्विाकारी सकेको बताए ।
संसारका महत्वपूर्ण परिवर्तन सञ्चारकै कारणले सम्भवभएको र पत्रकारिता सत्यतामा टिक्नुपर्ने उनले सुझाए ।

त्यस्तै क्रान्तिकारी पत्रकार संघ डोटीका सचिव कर्ण चन्दले जिल्लामा सञ्चारकर्मी र सञ्चारमाध्यमले बाहिर ल्याउने समाचारको सुनुवाईकालागि छुट्टै संयन्त्रबनाउनुपर्ने धारणा राखे ।

शैलेश्वरी एफएमका स्टेशनम्यानेजर शिवओलीले पत्रकारले पत्रकारलाई दोषारोपण गर्ने खालको अवस्थालाई चिर्नुपर्ने बताए ।

त्यस्तै पुनरावेदनअदालतदिपायलबार एशोसियशनका सचिवशंकरदीप मडैले प्रेस चौतारी नेपाल जस्ता संगठनहरु नभएका बेलादेखिको पत्रकारीताको स्मरण गर्दै अहिलेसम्मपनि सरकारी संयन्त्रभन्दा केहि बढि सक्रियगिरोह हावी रहेकाले त्यसकाबाबजुद निडरताका साथपत्रकारीताको धर्ममा अडिक भएर पत्रकारहरुले लाग्नुपर्ने बताए । साथै मुलूकको विकासकानिम्ति सरकारी बजेटको फलअसार १५ माफल्ने र असार २५ मा फल खान खोज्ने प्रवृत्ति रहेकाले यो प्रवृत्ति रोक्नमा पत्रकारहरुले भूमिका खेलेमानिकै ठूलो विकासको सम्भावना रहेको बताए ।

त्यस्तै नयाँ संविधानमाभएको व्यवस्थाअनुसार एक निर्वाचन क्षेत्रमा एक करोड रकम सांसद विकास कोष भनेर खर्च गर्न पाउने व्यवस्थानितान्त राजनीतिकखिचातानीहुने बजेट भएकाले यो नीतिगत भ्रष्टाचार भएको हुँदा यस विरुद्ध पनिकलमचलाउनु पर्ने बताए ।

नेपाल बुद्धिजिवी परिषद डोटीका अध्यक्ष कृष्ण मलासीले विगतका परिवर्तनहरुमा प्रेस चौतारीले खेलेको भुमिकाको स्मरण गर्दै अझपनि एकजुट भएर लाग्नुपर्ने बताए । हाम्रो अनि राम्रो संगठनका रुपमा प्रेस चौतारी नेपालबन्नुपर्ने उनले बताए ।
त्रिवेणी एफएमका स्टेशनम्यानेजर खेम बलमे पत्रकारको पेशागतहकहित र व्यक्तिगत सुरक्षाकालागि समेत संगठन आवश्यक रहेको बताए । साथै सञ्चारमाध्यमले उठाएका सवालहरुमा स्थानीयप्रशासन र सरोकारवालाहरुले चासो दिनुपर्ने धारणा राखे ।

त्यस्तै अनेरास्ववियुका राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बम बहादुर बमले प्रेस चौतारी १८ औं स्थापनादिवस मनाउँदाउमेरकाहिसाबले युवावस्थामापुगेकाले जुझारु, शशक्त, कर्मठ र उर्जाशील संगठन बनोस् भन्दै शुभकामनादिए ।

त्यस्तै क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्यमिलन परियारले प्रेस चौतारी नेपाल र अन्यकुनै पनिपत्रकारका संगठनमा पार्टीकारिताको रङ्ग देखिनु नहुने बताए । साथै प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघबिच केन्द्रदेखि नै कार्यगतएकताभएकाले निरन्तरको एकताकायमहोस् भन्दै शुभकामनादिए ।

त्यस्तै कानुनव्यवसायीदीपक सिंहले अहिलेको पत्रकारीताप्राय सदरमुकाम केन्द्रित रहेकाले खोजमूलकपत्रकारिता र सत्यतथ्यमाआधारित पत्रकारिताआवश्यक रहेको औंल्याए । बिना प्रमाण र आधिकारिक श्रोतबिनाको समाचार दिग्भ्रमितहुने उनले बताए ।

त्यस्तै नेकपाएमाले डोटीका सचिव राम ऐरले राजनीति र पत्रकारितामा योग्यताको मापदण्ड नभएकाले सबै मान्छे यि दुई पेशामा अटाएका कारण पनि समस्या रहेकाले अब योग्यतातोक्नआवश्यक रहेको बताए ।

विज्ञापन दिनेका राम्रा समाचार र नदिनेका विरुद्धमा समाचार आउने गरेकापाईएकाले पनि सत्यतथ्यमाआधारित, निष्पक्ष, विकृतिचिर्ने खालका समाचार सम्प्रेषण पत्रकारहरुले गर्नुपर्ने सुझाए ।

कार्यक्रममा प्रेस चौतारी नेपाल सेतीअञ्चल समन्यय समितिका सदस्य रामहरी ओझाले संगठनले केन्द्रदेखि जिल्लातहसम्म खेलिरहेको भूमिकाकाबारेमाभनाई राखेकाथिए ।

साथै अहिलेको नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताशब्द समेटिएकाले यसलाई उपलब्धीका रुपमालिनुपर्ने बताए । साथै आगामी चैत्र ४ देखि ६ गतेसम्म काठमाण्डौमाहुने केन्द्रियमहाधिवेशनले पत्रकारिता क्षेत्रमासुधारकालागिथप रणनीतिक योजनाबनाउने उनले बताए ।

प्रेस चौतारी नेपाल डोटीका अध्यक्षझलकपालीको सभाअध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालन संगठनका सचिव दिर्घ खत्रीले गरेकाथिएभने सहभागिहरुलाई संगठनका उपाध्यक्षनवराजजोशीले स्वागत गरेकाथिए ।