१४ कार्तिक २०८३, शनिबार

अखिलको महाधिवेशनले काभ्रे एमालेभित्र खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेनिस लामा
जेनिस लामा

बनेपा, २२ माघ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुको २२ औँ महाधिवेशनले यति बेला काभ्रे एमालेभित्र ठूलो विषय बन्न पुगेको छ ।

आसन्न अधिवेसनबाट अखिलको नेतृत्व लिन आकांक्षि दुवै समुहका विद्यार्थी नेताहरु काभ्रेका हुन् । काभ्रेको मादनकुडारीकी पार्टी अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नविना लामा र गोठपानीका नेता माधव नेपाल निकट रहेका दिपककुमार गौतम काभ्रे एमालेमा राम्रो प्रभाव पार्ने नेताहरु हुन् ।

यद्यपी काभ्रेका ९७ प्रतिशत अखिल महाअधिवेसनका प्रतिनिधिहरु लामाका पक्षमा देखिएका छन् । काभ्रे एमालेको भरखरै सकिएको अधिवेसनले पनि एमालेभित्र ठूलो गुटबन्दी भएको थियो, पार्टी अध्यक्ष केपी शर्मा ओलीको एक छत्र रहेको काभ्रेका पार्टी अध्यक्ष नेपाल पक्ष रहेका कारण काभ्रे एमालेभित्र अखिलको अधिवेशनले छुट्टै माहोल बनाएको छ ।

काभ्रेका समिक वडाल सचिव पदमा, जेनिस लामा सचिवालय सदस्य, सम्झना गौतम, सञ्जय लामा, ओली पक्षबाट आफ्नो प्रचारमा लागि सकेका छन् । भने, नेपाल समुहबाट भक्तकुमारी लामा, यशु लामा, तेज नेपाली पनि अगाडी बढेका छन् । नेकपा एमाले काभ्रेका जिल्ला सदस्य एवं अनेरास्वियु केन्द्रीय सदस्य जेनिस लामाले भने “आगामी माघको २७, २८ र २९ गते नेपाली विद्यार्थीहरुको परिवर्तनको ढुकढुकिका रुपमा रहेको देशकै विद्यार्थी आन्दोलन र परिवर्तनको सम्वाहक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को नेतृत्व र नीति निमार्णका लागि २२ औँ सम्मेलनका लागि हामी यति बेला जुटेका छौँ ।

अखिलको २२औँ अधिवेशनले लाखौँ लाख विद्यार्थीहरुको अधिकार प्राप्ति र विद्यार्थीहरुको परिवर्तनको सम्भावक बन्ने आम विद्यार्थीहरुको बुझाइ रहेको छ ।

उनले थपे–अनेरास्वियुको अधिवेशनले देश व्यापी रुपमा एउटा चर्चाको विषय बन्नु स्वभाविक हो । विद्यार्थी आन्दोलन र विद्यार्थीहरुको नेतृत्व गर्ने र गर्न सक्ने संगठन भएकै कारण पनि अनेरास्वियुको अधिवेसनको चर्चा ठुलो चुलिएको हो । विद्यार्थी आन्दोलन र आन्दोलनले संचय गरेको शक्तिलाइ सदुपयोगका नीमित्त यो अधिवेसनले एउटा महत्वपुर्ण भुमिका निर्वाह गर्ने आम विद्यार्थीहरुको विश्वास रहेको छ । जहाँसम्म अधिवेसनलाइ लिएर काभ्रे एमालेको कुरा जोडिएको छ, यो अधिवेसनले नेतृत्व चयनका लागि संगठनको आन्तरीक जिवनमा प्रजातान्त्रीक अभ्यास गर्ने हो, यसले पार्टिलाइ र संगठनलाइ असर गर्ने छैन् । उनले भने, दुवै अध्यक्षका प्रत्यासि काभ्रेका हुनुहुन्छ । हामी आम विद्यार्थी संगठनका कार्यकर्ताहरुले नेतृत्वलाइ सर्वसम्मत बनाउने प्रयासमा समेत लागेका छौँ ।”