काठमाडौं, २२ माघ । यू-१९ विश्वकप क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल बंगलादेशविरुद्ध बलिङ गरिरहेको छ ।
बंगलादेशलाई २१२ रनको विजयी लक्ष्य दिएर मिरपुर मैदानमा बलिङ गरिरहेको नेपालले चौथो ठूलो सफलता हात पारेको छ ।
नेपालका लागि सुनील धमलाले बंगलादेशको महत्वपूर्ण विकेटलाई झारेका छन् । उनले जोयराज शेखलाई ३८ रनमा आउट गर्न सफल भए । जोयराज सुरु देखिनै क्रिजमा टिकेर खेलिरहेका थिए । ६७ बल खेलेको उनले ४ चौका हानेका थिए ।
यसअघि नेपालका सन्दिप लामिछानेले तेस्रो विकेटका रुपमा नजमुल हुसेन ८ रनमा आउट गरेका थिए । प्रेम तामाङले दोस्रो विकेट रुपमा पिनाक घोषलाई ३२ रनमा र सुनिल धमलाले नै शेफ हसनलाई ५ रनमा पहिलो विकेटमा रुपमा आउट गरेका थिए ।
यो समाचार तयार पार्दासम्म बंगलादेशले ३१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १११ रन बनाएको छ । खेल जारी छ ।















प्रतिक्रिया