
काठमाडौं, २२ माघ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध शानदार व्याटिङ गर्दै २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मीरपुर मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २११ रन बनायो।
नेपालका लागि कप्तान राजु रिजालले बङ्गलादेशविरुद्ध अर्धशतकीय पारी खेले । उनले ८० बलमा ८ चौका र १ छक्कासहित ७२ रन बनाए । नेपाली ओपनरद्वय सुनिल धमला २५ र सन्दीप सुनार ७ रनमा आउट भएका थिए ।
त्यस्तै, आरिफ शेख २१ र योगेन्द्र कार्की १ रनमा पेवेलियन फर्किए । राजविर सिंह ९ रनमा आउट भए । दिपेन्द्र ऐरी २२, कुशल भुर्तेल १४ रनमा आउट भए । प्रेम तामाङले २० रन जोडे ।
बंगलादेशका मोहम्मद सैफुद्धिनले २ विकेट लिए । आजको खेल जित्न सके नेपाल विश्वकपको सेमिफाइनलमा प्रवेश गर्नेछ ।















प्रतिक्रिया