
काठमाडौँ, २२ माघ । नेपाली टोलीका कप्तान राजु रिजालले बङ्गलादेशविरुद्ध अर्धशतकीय पारी खेलेका छन् ।
उन्नाइस बर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनल अन्तर्गत बङ्गलादेशको मिरपुरमा आज जारी खेलमा उनले ८० बलमा ७२ रन बनाए ।
टस जितेर ब्याटिङ् रोजेको नेपालले यो समाचार तयार पार्दासम्म अहिले ४१ ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको छ ।
यसअघि, नेपाली ओपनरद्वय सुनिल धमला २५ र सन्दीप सुनार ७ रनमा आउट भएका थिए । त्यस्तै, आरिफ शेख २१ र योगेन्द्र कार्की १ रनमा पेवेलियन फर्किए । राजविर सिंह ९ रनमा आउट भए ।
अहिले कुशल भुर्तेल र दीपेन्द्र ऐरी क्रिजमा छन् । खेल जारी छ । रासस












प्रतिक्रिया