१ कार्तिक २०८३, आइतबार

रहेनन् नेपालका एकमात्र अर्बपति उद्योगी चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Founder Chairman-Finalकाठमाडौं, २१ माघ । मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भयो ।

लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।

नेपालको औद्योगिक विकासमा योगदान गर्नुभएका चौधरीको पूर्वाञ्चलको पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना गर्नुभएको थियो । उहाँ चौधरी ग्रुपका संरक्षक हुनुहुन्थ्यो ।

स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

चौधरी चर्चित उद्योगपति विनोद चौधरीका पिता हुनुहुन्छ ।

यस्तो छ कर्मयोगी लूनकरणदास चौधरीको जीवनी:
नेपाली उद्योग व्यवसायका क्षेत्रमा झण्डै डेढ शताब्दीपूर्व अर्थात् राणाकालीन युगमै कपडाको व्यापारबाट व्यवसाय आरम्भ गर्ने स्व. भूरामल चौधरी तथा स्व. सरस्वतीदेवी चौधरीका सुपुत्र, नेपाली उद्योग व्यवसायका एकलब्य, कर्मठ एवम् दूरदर्शी उद्योगपति, समाजसेवी, नेपाली निजी क्षेत्रका अग्रणी उद्योगपति एवम् राष्ट्रकै पहिलो बहुराष्ट्रिय औद्योगिक एवम् व्यवसायिक घराना – चौधरी ग्रुपका संस्थापक अध्यक्ष लूनकरणदास चौधरीको काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा आज अपरान्ह ३ः०० बजे देहावसान भएको छ ।
स्व. चौधरी नेपाली व्यवसायिक एवम् औद्योगिक फाँटका एक दूरदर्शी र अग्रणी उद्योगपति मात्रै नभएर औद्योगिक क्षेत्रका उदाहरणीय व्यक्तित्व नै हुनुहुन्थ्यो ।
स्व. लूनकरणदासको बाल्यकालमै अर्थात् उहाँको स्वअध्ययनको समयमै स्व. भूरामलको देहान्त पछि स्व. भूरामलको पदचाप पच्छ्याउने जिम्मेवारी स्व. चौधरीको काँधमा आइप¥यो । अत्यन्त दूरद्रष्टा स्व. लूनकरणदासले आजको नेपाली बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको संस्थापक अध्यक्षका हैसियतले नेपाली उद्योग व्यवसायमा जापानी प्रविधिको स्टील, फ्लोरिङ्ग एण्ड फर्निसिङ्ग फ्रान्स र बेलायतका विविध विद्युतीय सामग्री, एप्पारेल्स् इत्यादि समेतको व्यवसाय गर्नु भई राष्ट्रकै दोस्रो र पूर्वाञ्चलको पहिलो बिस्कुट तथा कन्फेक्सनरी, मैदा मिल्स्, प्याकेजिङ्ग उद्योग आदि सञ्चालनका लागि जर्मन प्रविधि भित्र्याउनु भएको थियो । नेपालकै पहिलो डिपार्टमेन्टल स्टोर (अरुण इम्पोरियम) समेत स्व. चौधरीले स्थापना गरी नेपालमा डिपार्टमेन्टल युगको श्री गणेश गर्नुभएको थियो ।
हाल उहाँद्वारा स्थापित ५ दर्जन भन्दा बढी औद्योगिक प्रतिष्ठानमा ७,५०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका
छन् ।
विविध सामाजिक गतिविधिमा गहन अभिरुचि राख्ने चौधरी मारवाडी सेवा समिति नेपालका संस्थापक तथा आजीवन सदस्य, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य संघका संस्थापक सदस्य, चौधरी फाउण्डेशनका संस्थापक तथा श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिर, श्री लूनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी हस्पिटल, दुहवी सुनसरीका संस्थापक तथा संरक्षक स्व. चौधरीका ३ छोरा र एक छोरी हुनुहुन्छ ।