१ कार्तिक २०८३, शनिबार

महिलाले पनि पानी जहाजको चालकका रुपमा पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rk-dhawan

नयाँ दिल्ली, २१ माघ । भारतीय नौसेनाका अनुसार अव छिटै भारतीय महिलाले पनिनौसेनाको पानी जहाजको चालकका रुपमा सेवागर्ने अवसर पाउने भएका छन् ।

भारतीय महिलाले अव युद्धपोतको चालकमा कार्यरत हुन पाउने भारतीय नौसेना प्रमुख आदमिरा आर के दोवानले दक्षिणी भारतीय बन्दरगाह सहर विसाखापतनम्मा बुधबार बताउनुभएको छ ।

भारतीय रक्षा मन्त्रालयमा गतबर्ष नै यस सम्बन्धि प्रस्ताव आइसकेको र यसमा महिलालाई कसरी सुरक्षित र अनकुलरुपमा कामगर्ने वातावरण मिल्छ भन्ने बारेमा प्रक्रिया अगाडि बढेको बताइएको छ ।

भारतीय रक्षामन्त्रालयका अनुसार उक्त जहाजमा पहिलो महिला चालकसन् २०१७ को जुन महिना सम्ममा हुने छन् । रासस/सिन्ह्वा