१४ कार्तिक २०८३, शनिबार

घोडाघोडी नगरपालिकामा क्यूपेकको कमिटी विस्तार, अध्यक्षमा विक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

q-pek

अत्तरिया, २१ माघ । क्युपेक नेपाल कैलालीको सदस्यता भेला तथा कमिटी विस्तार अभियान अन्तर्गत बिहीबार घोडाघोडी नगर कमिटी सुखड कैलालीमा नगर अधिवेशन सम्पन्न भएको छ ।

क्यूपेक कैलाली क्षेत्र नम्बर ४ का इन्चार्ज धन बहादुर तामाङको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि क्यूपेक नेपाल केन्द्रिय सदस्य चन्चलाल बोट रहनु भएको थियो । विशिष्ट अतिथी सेती अञ्चल उपाध्यक्ष कर्ण हमाल, क्यूपेक केन्द्रिय सल्लाहकार कृष्ण राज जोशी, अतिथीमा क्यूपेक कैलालीका अध्यक्ष टीकाराम श्रेष्ठ, सचिव मनिराम ढुङ्गाना लगायत ८४ जनाको सहभागिता रहेको थियो ।

भेलाले मिन बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष आशा देवी शाही, सचिव मोति सिं बोहरा, सहसचिव जगत शाही, कोषाध्यक्ष कलम बहादुर चौधरी, सदस्यहरुमा सम्झना चौधरी, पवित्रा शाह, मायाराम चौधरी, मोतिराम चौधरी, कृष्ण बुढा, पार्वती चौधरी लगायतका रहेका छन् ।

त्यसैगरी जिफन्ट प्रतिनिधिको रुपमा सोमन चौधरी र भोला नाथ अधिकारी रहनु भएको जानकारी मनिराम ढुङ्गानाले दिनुभएको थियो ।