१४ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिको सूचना तथा संचार बिज्ञमा शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-sharma

काठमाडौँ, २१ माघ । प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा राष्ट्रपतिको सूचना तथा संचार विज्ञमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति कार्यालयले पोखराका वरिष्ठ पत्रकार शर्मालाई संचार विज्ञमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो। २०२८ सालदेखि निरन्तर पत्रकारितामा सक्रिय रहनुभएका शर्मा नेपाल सरकारबाट यसअघि नै वरिष्ठ पत्रकार सम्मान पाउनुभएको थियो । यसैगरी, नेपाल पत्रकार महासंघले उहाँलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरेको थियो ।

४२ बर्षअघि पोखरामा नयाँ नेपाल दैनिकबाट पत्रकारिता आरम्भ गर्नुभएका शर्मा २०३६ सालको चर्चित छानबिन साप्ताहिकको सम्पादक तथा प्रकाशक हुनुहुन्थ्यो । अहिले पनि उहाँको सम्पादनमा पोखराबाट पोखरा हटलाइन राष्ट्रिय दैनिक प्रकाशित भइरहेको छ । उहाँ मोफसलका पत्रकारहरुको संस्था मेची महाकाली मिडिया सोसाइटीको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

राष्ट्रपतिको सूचना तथा संचार विज्ञमा नियुक्त भएपछि दैनिक नेपाल डटकमसँग कुरा गर्दै शर्माले खुसी व्यक्त गर्नुभयो । चारदशकसम्म नेपालको संचार क्षेत्रमा रहेर आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्रको हितका लागि सेवा गर्ने मौका मिलेको उहाँले बताउनुभयो ।