
मुम्बई । बलिउडका चर्चित अभिनेताद्धय शाहरुख खान र आमिर खान केही समयअघि निकै विवादमा तानिए ।
उनीहरुले देशमा बढेको असहष्णिूताबारे बयान दिएका थिए । त्यसैकारण देशभर सरकार समर्थित दलका भातृ संगठनहरुले विरोध गरे । त्यसको प्रत्यक्ष असर फिल्म व्यापारमा पनि पर्यो । शाहरुख खानको बहुप्रतिष्ठित फिल्म ‘दिलवाले’ले सोचे अनुसारको व्यापार गर्न सकेन् ।
यसैक्रममा बलिउडकी अभिनेत्री सोनम कपुरले सुपरस्टार शाहरुख र आमिरले पाएको नकारात्मक प्रतिक्रियाको डरले अब कुनै पनि मुद्दामा बोल्न डराउने बताएकी छिन् ।
आफ्नो नयाँ फिल्म ‘नीरजा’को गीत सार्वजनिक कार्यक्रममा बोल्दै सोनमले भनिन्- ‘आमिर खान अथवा शाहरुख खानको बयानमा जून प्रकारको प्रतिक्रिया आएको छ, त्यसले अब कुनै पनि मुद्दामा बोल्न डराउनेछ । हामीले राम्रो वा नराम्रो केही कुरा पनि बोल्ने मानिसलाई आफ्नो विचार राख्न दिनुपर्छ । सबैलाई बोल्ने, आवाज उठाउने अधिकार हुनुपर्छ ।’
शाहरुख र आमिर खानको बयानपछि प्राप्त भएका नकारात्मक प्रतिक्रियाहरुले उनीहरुलाई निकै डराएको सोनमको दाबी छ ।















प्रतिक्रिया