१४ कार्तिक २०८३, शनिबार

लायन्स क्लब अफ सिद्धार्थनगरको पदस्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lions news (8)

– नरेश केसी
भैरहवा, २१ माघ । लायन्स क्लब अफ सिद्धार्थनर भैरहवा रुपन्देहीले आफ्नो ३१ वर्षगाठ भब्य रुपमा सम्पन्न गरेको छ ।

स्थापना दिवसको अवसर पारेर क्लबले केक काटेर खुसीयाली समेत मनाएको हो । क्लबले ३० औं चार्टर नाइट तथा ३१ वर्षगाठको अवसरमा भैरहवामा एक कार्यक्रम सम्पन्न गर्यो ।

क्लबका महासचिव भिष्म न्यौपानेको संयोजन, सचिव रमेश घिमिरेको सन्चालन तथा अध्यक्ष राजेश खरेलको सभापतित्वमा सम्पन्न उक्त चार्टर नाइटमा लायन्स क्लब डिस्ट्रक ३२५ बि का डिस्ट्रक गर्भनर डि.के ढुंगाना प्रमुख अतिथी थिए ।

सो अवसरमा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी ढुंगानाले समाजसेवाकोलागी पैसा नचाहिने तर्क गरे । गर्भरनर ढुंगानाले सेवाको विधी र व्यवहारमा परिवर्तनगरी मानव सेवामा लागेमा स्वतः समाजसेवा हुने बताए । उनले भने ‘हामी समृद्ध जीवनकोलागी लायन्समा आवद्ध हौं जसले समृद्ध समाज निर्माण गर्नमा टेवा पुराउछ । ‘

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, नेपाल प्रहरीका एसएसपी शेरबहादुर बस्नेत , क्लबका पुर्व अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिीति रहेको उक्त कार्यक्रममा लायन्समा लामो समय सक्रिय भएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

सिद्धार्थनगर लायन्समा विगत ३० वर्षदेखी निरन्तर क्रियासील धुव्र कुमार श्रेष्ठ, नन्दलाल गोयन्का र नारायण प्रसाद अग्रवाललाई सो अवसरमा सम्मान गरिएको थियो । सम्मानित तिनै जना व्यक्तित्व लायन्स क्लब अफ सिद्धार्थनगरको संस्थापक सदस्य समेत हुन् । यसैगरी २५ वर्षदेखी क्रियासील विजय नारायण श्रेष्ठ , निधानचन्द्र श्रेष्ठ ,प्रेम कुमार सेन्चुरी र गोकुल प्रसाद श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । उनीहरु चारै जना क्लबका पुर्व अध्यक्ष समेत हुन् ।

यसैगरी पुर्व अध्यक्ष नभएता पनि क्लबका २० वर्षदेखी निरन्तर क्रियासील श्रीचन्द गोयन्का र रमेश अग्रवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सोही अवसरमा मेम्बर अफ एक्सीलेन्स र मेम्बरसीप एडभान्स पीनबाट क्लबा द्वितीय उपाध्यक्ष विजय पाण्डेलाई सम्मान गरिएको थियो ।