३० आश्विन २०८३, शुक्रबार

फुटबलमा नेपालले गर्यो प्रगतिः फिफा वरियतामा ८ स्थान माथि उक्लियो (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-football-team-welcome-7

काठमाडौं २१ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपाली राष्ट्रिय फुटबल टिमले अर्काे प्रगति गरेको छ ।

विश्व फुटबल (फिफा) वरियतामा नेपाल ८ स्थान माथि उक्लिएको हो । विहीबार फिफाद्धारा सार्वजनिक वरियता तालिकामा नेपाल १ सय ८८ औं स्थानमा आइपुगेको छ ।

यसअघि भारतमा भएको दक्षिण एशियाली खेलकुदमा श्रीलंका र भारतसँग पराजित भएसँगै १ सय ९६ औं स्थानमा झरेको नेपालले बंगलादेशको बंगबन्धु कपमा गरेको उत्कृष्ट प्रदर्शनले वरियतामा माथि उक्लिएको हो ।

त्यसैगरी, दक्षिण एसियाली राष्ट्रमा नेपालले श्रीलङ्का र भुटानलाई भने पछाडि पारेको छ ।

श्रीलङ्का एकस्थान तल झर्दै १८९ औैँ स्थानमा छ भने समान एकस्थान तल झरेको भुटान १९३ औँ स्थानमा छ ।

दक्षिण एसियामा शीर्ष स्थानमा रहेको अफगानिस्तान १५४औं स्थानमा छ भने माल्दिभ्स १५७औँ, भारत १६२औँ, बङ्गलादेश १७७औँ र पाकिस्तान १८५औँ स्थानमा छन् ।

फिफा बरियताको शीर्षस्थानमा भने बेल्जियम यथास्थानमा छ भने अर्जेन्टिना, स्पेन, जर्मनी क्रमशः दोस्रो तेस्रो र चौथो स्थानमा छन् ।

हेर्नुस तालिकाः

FIFA-Ranking