काठमाडौं, २१ माघ । नेवारी संस्कृतिको परिचय दिने महत्वपूर्ण भद्रकाली खड्ग सिद्धि (गद्र्यः) जात्रा शुक्रबारदेखि सुरु हुने भएको छ ।
राजधानीको प्राचिन तथा सांस्कृतिक नगरी टोखामा दुइ दिनसम्म चल्ने जात्रा प्रत्येक बाह्र बर्षमा हुने गर्दछ । तर, आर्थिक, प्राविधिक तथा अन्य विभिन्न कारणहरुले यो जात्रा विगत ३६ वर्षदेखि आयोजना हुन सकेको थिएन् ।
नेवा गुठी टोखाको विशेष सक्रियतामा आयोजना हुन गइरहेको जात्रालाई नेवारी संस्कृतिको एक अभिन्न अंग मानिन्छ ।
काठमाडौंका तत्कालीन राजा यक्ष मल्लका छोरा रत्न मल्लले पन्ध्रौं शताब्दीमा शुरुवात गरेको मानिएको यो जात्राको सन्देश तथा निमन्त्रणा स्वरुप गत माघ १९ गते भद्रकाली रुपधारीको नेतृत्व समूहले टोखावासीलाई डिञ्छु (टीका, पस्का, प्रसाद र फूल) बाँडिसकेको छ ।
जात्राका लागि काठमाडौंस्थित वँटु द्यो छें (देउता घर)बाट विराज हुने ६ जना गुरु, १५ जना थकाली र ११ जना नृत्यकारलाई शुक्रबार दिउँसो टोखाका स्थानीयवासीले बाजागाजासहित भव्य स्वागत गर्ने कार्यक्रम रहेको आयोजक नेवाः गुठी टोखाका सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने- ‘त्यसलगत्तै उहाँहरुले वस्त्रधारण गर्नुभई जात्रा शुरु गर्नुहुनेछ, जुन दिन–रात निरन्तर रुपमा अगाडि बढी शनिबार राति ९ बजे समापन हुनेछ ।’
जात्राका लागि आवश्यक पशुपंक्षी बली (बोका, भेडा, हाँस, कुखुरा), पूजा सामग्रीलगायत सम्पूर्ण तयारी पुरा भइसकेको सचिव श्रेष्ठले बताए ।













प्रतिक्रिया