२३ कार्तिक २०८३, सोमबार

सावधान ! तपाई पनि यसरी पर्नुहोला ‘दलाल’को जालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambhu nepal
शभ्भु नेपाल

काठमाडौं, २१ मघ । देश चरम गरिबीले आक्रान्त छ । वेरोजगारी व्याप्त छ । रोजगारीको अवसर छैन । यसै कारण विरक्तिएको युवा जनशक्ति दिनानुदिन वैदेसिक रोजगारीका लागि विदेश पलायन हुने क्रम विकराल रुपले बढ्दो छ ।

यसै क्रममा बेरोजगारीले ग्रस्त गाउँका युवायुवतीलाई इजरायल, क्यानडा, अष्ट्रेलिया र कोरियालगायतका मुलुकमा आकर्षक तलबसुविधामा रोजगार दिलाइदिने झुटो प्रलोभन बाँडेर केही व्यक्तिहरु आफ्नो संगठित ठगी धन्दा सञ्चालन गर्न सक्रिय रहेको समाचार दैनिक नेपाल डटकमलाई प्रमाण सहित प्राप्त भएको छ ।

समाचारसूत्रका अनुसार यस्तो ठगी धन्दामा भोजपुर,पोखरे निवासी हुँदै सुनसरी, धरान–७ पुगेका शम्भु नेपाल, धादिङ, मुरलीभञ्ज्याङ–३ रुद्र बहादुर मगर, चितवन, रत्ननगर–६का कपिलराज राउत, चितवन, जगतपुर–६का अमित लामालगायतका व्यक्तिहरु संगठित रुपमै सक्रिय रहेको पाइएको छ ।

उनीहरुले हालसम्म देशका विभिन्न स्थानका सात सयभन्दा बढी युवायुवतीहरुबाट जनही पचास हजारदेखि दुई लाखका दरले पेश्की स्वरुप भनेर करोडौं रकम कुम्ल्याइ सकेकाछन् ।

यस्तो ठगी धन्दामा श्रम तथा रोजगार मन्त्रालयका अधिकृत स्तरका केही कर्मचारीका साथै प्रहरी पेसामा आवद्ध केही व्यक्तिहरुको समेत संलग्नता रहेको आशङ्का छ ।

सेटिङमा मन्त्रालयभित्रैबाट वैदेशिक रोजगारीमा पठाइदिने ग्यारेन्टी दिँदै यस गिरोहले रकम सङ्कलन गरी विभिन्न सहकारी, घडेरी, पसल आदिमा लगानी गर्ने गरेको समाचारस्रोतले जनाएको छ । यस गिरोहका सदस्यमध्ये कोही मन्त्रालयको शाखा अधिकृत हुँ भन्दै शभ्भु नेपाल र मन्त्रालयको सचिव बनेर रुद्र बहादुर मगर प्रस्तुत हुने गरेको पीडितहरु बताँउछन् ।

Cheak
व्याल्क चेक

यस गिरोहले आफ्नो धन्दाबारे थाहा पाउने व्यक्तिहरुलाई प्रहरीसँगको मिलेमतोमा विभिन्न गम्भीर अभियोग लगाएर फसाउनुका साथै ज्यानै बेपत्ता पार्नेसम्मका कर्तुत गर्ने गरेको पनि दैनिक नेपालको सम्पर्कमा आएका एक पीडितले बताए ।

तीन महिनादेखि ६ महिनासम्ममा विदेश पठाइदिने आश्वासन दिँँदै पैसा बुझेपछि गिरोहका सदस्यहरु मोबाइल नम्बर परिवर्तन गरी सम्पर्कविहीन हुने गरेको पाइएको छ । एक पीडितका अनुसार कि भिसा दिनुस् कि पैसा फिर्ता दिनुस् भन्दा उल्टै पैसा नभएको चेक दिएर सम्पर्क बिहिन भएको पीडितले दैनिक नेपालसँग गुनासो गरेका छन् ।

यस विषयमा बुझ्नका लागि दैनिक नेपालले शभ्भु नेपाललाई (९८४९२०४६०१/९८५११९५६०९) र रुद्र बहादुर मगरलाई (९८६०९०१११०)पटक/पटक सम्पर्क गर्दा समेत सम्पर्कमा आउन चाहेनन् ।