२३ कार्तिक २०८३, सोमबार

कार्यदलको बैठक किन बस्न सकेन ? को हो दोषी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bartaकाठमाडौं, २१ माघ । मधेसी मोर्चाको पाँच महिनादेखिको आन्दोलनलाई निकास दिन र सहमति खोज्नका लागि कार्यदलस्तरमा वार्ता गर्ने सहमति भएपनि प्रमुख दलका नेताहरुको निस्क्रियता र उदाशिनताका कारण बैठक बस्न सकेको छैन ।

कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका दोस्रो तहका नेताहरु सहभागी कार्यदलमा सहमतिको मस्यौदा बनाउने यसअघि शीर्ष नेताहरुबीच निर्णय भएको थियो । फागुन १८ गते सिंहदरबारमा बसेको चार राजनीतिक शक्तिको शीर्ष बैठकको निर्णयअनुसार माघ २१ अर्थात आजसम्म सहमतिको प्रस्ताव ल्याउने सहमति भएको हो ।

विशेष गरेर सत्तारुढ दल एमालेका कारण कार्यदलको बैठक प्रभावित भएको मधेसी मोर्चाको आरोप छ । कार्यदलको बैठक बोलाउने जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री भीम रावललाई दिइएको थियो । तर रावलले आज बिहानसम्म पनि कार्यदलको बैठक बोलाउनु भएको छैन ।

कार्यदलका सदस्य कांग्रेसका महेश आचार्य आफ्नो पार्टीको महाधिवेशनमा व्यस्त रहेकाले पनि केही हदसम्म बैठक बस्न समस्या परेको हो । कार्यदलका अर्का सदस्य मधेसी मोर्चाका नेता हृदयश त्रिपाठी पनि पत्नीको उपचारका लागि नयाँदिल्ली जानु भएको छ ।

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष रामनरेश राय यादवले सहमति र सम्वादभन्दा अर्को बिकल्प दलहरुसँग नरहेको बताउनु भयो । उहाँले यसअघि कार्यदलमा भएको सहमति र जहाँबाट वार्ता अड्किएको थियो सोही स्थानबाट पुनः वार्ता अगाडि बढाउन आफूहरु तयार रहेको बताउनुभयो ।

बिगत पाँच महिनादेखि मधेस आन्दोलन र नाकाबन्दीका कारण सर्वसाधारणले चरम संकट भोग्दै आएका छन् ।