
विराटनगर, माघ २० । नेपाल पत्रकार महासंघ मोरङले यो वर्षको प्रतिभा पुरस्कार पत्रकार विक्रम लुइटेललाई दिने निर्णय गरेको छ ।
पुरस्कार छनौट समितिको बुधबार बसेको बैठकले यो बर्षकालागि लुइटेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । लुइटेल नेपाल समाचारपत्र दैनिक, स्थानीय पत्रिका उज्यालो पत्र दैनिक र रेडियो पूर्वेली आवाजमा कार्यरत् हुनुहन्छ ।
यसैगरी महासंघ मोरङले अघिल्लो बर्षको प्रतिभा पुरस्कार पनि एकै साथ वितरण गर्ने निर्णय गरेको छ । हरेक वर्ष प्रदान गरिदै आएको पुरस्कार अघिल्लो बर्ष वितरण हुन सकेको थिएन् । अघिल्लो बर्ष २०७१ सालको प्रतिभा पुरस्कार भने नागरिक दैनिकका पत्रकार अजित तिवारीलाई प्रदान गर्ने महासंघले जनाएको छ । तिवारीलाई प्रतिभा पुरस्कार २०७१ र लुइटेललाई २०७२ प्रदान गर्न लागिएको हो ।
नगद ११ हजार एक सय रुपैयाँ राशीको पत्रकारिता पुरस्कार माघ २३ गते मोरङको पथरीमा हुने महासंघको बार्षिक साधारण सभाको अवसरमा प्रदान गरिने शाखाका सचिव नवराज कट्टेलले जानकारी दिनुभयो ।












प्रतिक्रिया