१४ कार्तिक २०८३, शनिबार

नेता निधीको आक्रोशः काँग्रेसबिना कुनै पनि आन्दोलन सफल हुँदैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimalendra-NIdhi

जनकपुरधाम, २० माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चाको आन्दोलन अराजक भएको आरोप लगाउनुभएको छ ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै नेता निधिले मधेसी मोर्चाले तोडफोडको राजनीति त्यागेर राजनीतिक रुपमा समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभयो ।

मधेसी मोर्चाका लागि नेपाली काँग्रेस मित्र शक्ति भएकाले नेपाली काँग्रेसबिना कुनै पनि आन्दोलन सफल नहुने विश्वास व्यक्त गर्दै नेता निधिले मोर्चाले तोडफोड र निषेधको राजनीतिक त्याग्नुपर्ने बताउनुभयो ।

जनकपुरको मिल्स एरियास्थित आफ्नो घरमा मोर्चाका कार्यकर्ताले आगो लगाएकाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता निधिले तोडफोड र आगजनी गर्ने मोर्चाको क्रियाकलाप निन्दनीय छ भन्नु भयो ।

उहाँले संविधान संशोधन भएपछि आन्दोलनरत मोर्चाको सबै माग पूरा भएकाले अब किन आन्दोलन भइरहेको छ आफूले बुझ्न नसकेको उल्लेख गर्नु भयो । रासस