२३ कार्तिक २०८३, सोमबार

पूर्व युवराज पारसबारे थाई प्रेमिका कन्निका चाइसार्नको सनसनीपूर्ण खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 कन्निका चाइसार्न
कन्निका चाइसार्न

काठमाडौं, २० माघ । थाइल्याण्डमा रहेकी पूर्वयुवराज पारस शाहकी पूर्वप्रेमिका कन्निका चाइसार्नले सनसनीपूर्ण नयाँ खुलासा गरेकी छिन् ।

उनले आफू पारसको छोराकी आमा रहेको कुरा सार्वजनिक गरेकी हुन् । बुधबार थाइल्याण्डबाट उनले ‘पारसको छोराको फोटो’ भन्दै एक बालकको तस्वीर सार्वजनिक गरेकी हुन् । बालकको उमेर ८ वर्ष पुगेको उनले बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले छोराले बाबु खोज्दा बाबु र आमा दुवै आफू नै बताउने गरेको उल्लेख समेत गरेकी छिन् ।

कहिलेकाँही  भने ‘सानो छोरालाई तिम्रो बाबु नेपालमा छ’ भनेर बताउने गरेको समेत कन्निकाले उल्लेख गरेकी छिन् । त्यती बेला छोराले ‘हामी नेपाल कहिले जाने ?’ भनेर प्रश्न गर्ने गरेको उनले बताइन् ।

Kannika-Chaiyasarn3
छोरा युनिभर्सल

कन्निकाले पारसको छोरा तीन महिनाको हुँदा नै आफूले पारसबाट टाढा हुने निर्णय गरेको समेत दाबी गरेकी छिन् । फेसबुक स्टाटसमा उनले छोराको नाम ‘युनिभर्स’ भएको र उसले जीवनमा कहिल्यै पनि आफ्नो बाबुलाई नभेटेको लेखेकी छिन् ।

पारससँग डिभोर्स गर्दा छोरा तीन महिनाको मात्र भएको र अहिले छोरा आठ वर्षको भएको कुरा पनि उनले फेसबुकबाटै दाबी गरेकी हुन् ।

उनले लेखेकी छिन- ‘जब युनिभर्स तीन महिनाको थियो, मैले मेरो पूर्व…बाट टाढा जाने निर्णय गरिसकेको थिएँ । अहिले ऊ ८ वर्षको भयो । मलाई उसको यो प्रश्नले छियाछिया बनायो कि, उसको सम्झनामा पारस शाह नै उसको पिता भन्ने रहेछ । यद्यपी उसले उसको जीवनमा कहिल्यै उसको बाबुलाई भेटेको छैन् ।’

यसरी भयो सम्बन्धः

पारसबारे कन्निकाले बेला बेला सार्वजनिक गरेका तथ्यअनुसार थाइल्याण्ड बस्ने क्रममा दुबैको शारिरीक सम्बन्ध भएको थियो । पारस ‘नेपाल युवराज’ भन्ने थाहा पाएपछि कन्निका पारससँगै बस्न थालिन् । त्यही क्रममा उनीहरुबीच पटकपटक शारिरीक सम्बन्ध भएको कन्निकाले नै खुलासा गरेकी थिईन् । त्यही क्रममा उनी गर्भवती भएको दाबी गरिएको छ । तर, यसबारे पारसले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पारसलाई अनेक नाममा चर्चा र विवादमा ल्याउँदै पैसा धुत्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । त्यसैले पनि पारसकी प्रेमिकाको यो हर्कतलाई शंकास्पद रुपमा हेरिएको छ ।

यस्तो छ स्टाटसः

kannika