१४ कार्तिक २०८३, शनिबार

निधीको घरमा मोर्चाका कार्यकर्ताले आगो हालेपछि देउवाले निकाले विज्ञप्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bahadur-deubaकाठमाडौँ, २० पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेधशी मोर्चामा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पु¥याएको क्षतिको घोर निन्दा र भत्र्सना गर्नुभएको छ ।

मोर्चाका कार्यकर्ताले केही दिनअघि निधिको घरको पर्खाल भत्काई घरभित्र राखेको मोटरसाइकल आगजनी गरेका थिए ।

यस्तै नेपाली काँग्रेसका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य लीला कोइराला र सांसद् रामकृष्ण यादवको घरमा ढुङ्गामुढा गरी पु¥याएको क्षतिको बरिष्ठ नेता देउवाले विज्ञप्तिमार्फत भत्र्सना गर्नुभएको छ ।

पार्टीको अधिवेशनका सन्दर्भमासञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरु बिथोल्न उद्दण्ड र अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न नेता देउवाले माग गर्नुभएको छ ।

पार्टीको अधिवेशनको स्थानीयदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक अभ्यास भइरहेको अवस्थामा अवरोध पु¥याउने र कार्यकर्तालाई हतोत्साहित नगर्न सम्बद्ध राजनीतिक दलहरुलाई उहाँले सचेत गर्नुभएको छ । रासस