१४ कार्तिक २०८३, शनिबार

अष्ट्रेलियनको सहयोगमा न्यानो वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Blankets distribution (16)

रसुवा, २० माघ । एक अष्ट्रेलियन जोडीको सहयोगमा रसुवा जिल्लामा भूकम्पपीडित परिवारलाई जाडो मौसममा न्यानो सहयोग वितरण गरिएको छ ।

अष्ट्रेलियन निवासी जोए क्यामिलेरी, उनकी श्रीमती हेनरिट्टा क्यामेलेरी र उनका साथीहरुले अष्ट्रेलियाबाट आर्थिक सहयोग संकलन गरी पठाएपछि ५० परिवार भूकम्पपीडितलाई दुई–दुई थान न्यानो ब्लाङ्केट वितरण गरिएको छ ।

Blankets distribution (9)

उनीहरुले स्थानीय संस्था मानवअधिकार तथा सामुदायिक विकास स्रोत केन्द्रमार्फत सहयोग उपलब्ध गराएका थिए । रसुवा धैबुङ र लहरेपौवा गाविसका इटपारे गाउँमा बसोबास गरिरहेका ५० दलित परिवारलाई प्रतिपरिवार २ थानन्यानो व्लाङ्केट वितरण गरिएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका परियोजना संयोजक विश्वास नेपालीले बताए ।

चिसो मौसम बढ्दै गएको छ, आफ्नो क्रय शक्ति कम भएका परिवारले आवश्यकीय सामग्री खरिद गर्न सक्ने क्षमता पनि छैन, भूकम्पपीडितहरुको जीविका सहज बनाउनको लागि विभिन्न संस्थाहरुसँग समन्वय गरी न्यानो सहयोगको सामग्रीहरु वितरण गरिरहेको आत्मनिर्भर केन्द्रका संयोजक विश्वास नेपालीले बताए ।