२३ कार्तिक २०८३, सोमबार

बिहारी नेताहरुलाई चुरे भावर पार्टीको कडा चेतावनी, आन्तरिक मामिलामा हस्तक्षेप गरे सैह्य नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badriprasad Neupaneकाठमाडौं, २० माघ । मधेसी मोर्चाका नेताहरुको बिहार भ्रमण र भारतीय नेताहरुले नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर चारैतिर विरोध भएको छ । विभिन्न संघ संगठन र राजनीतिक दलहरुले भारतका नेताहरुले दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन् ।

यसै क्रममा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले पनि भारतीय नेताहरुको अभिव्यक्तिको चर्को आलोचना गरेको छ । चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर मधेसी मोर्चाको आग्रहमा बिहारका नेताहरुले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेका हुन् ।

‘नेपालको राष्ट्रियतामाथि धक्का पुग्ने गरेर कसैले पनि अभिव्यक्ति दिन पाइँदैन’, अध्यक्ष न्यौपानेले भनेका छन्, ‘एउटा सार्वभौम मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरेर दिइएको अभिव्यक्तिको हामी बिरोध गर्न चाहन्छौँ ।’

अध्यक्ष न्यौपानेले शान्तिपूर्ण राजनीतिक रुपमा सबै आफ्ना अधिकार र माग उठाउन पाउने संवैधानिक अधिकार सबैमा रहेको उल्लेख गर्दै आन्दोलनकारी राजनीतिक दलहरुलाई पनि आफ्नो मुलुकको अस्तित्वमाथि ख्याल गर्न आग्रह गरेका छन् ।

‘बिहारका पूर्व मन्त्री एवम् राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुबंशप्रसाद सिंहले मधेसी मोर्चाका नेताहरुलाई सिंहदरबार घेरेर भएपनि अधिकार लिनुपर्छ भनेर उस्काउनु यो सार्वभौम राष्ट्रप्रति हेपाह प्रवृत्ति हो । यसप्रति हाम्रो घेर भत्र्सना र अपत्ति छ । मधेसी मोर्चा पनि कहाँबाट सञ्चालित छन् भन्ने विषय झन् प्रष्ट हुन आएको छ’, अध्यक्ष न्यौपानेले भने ।

मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवसँग भेट गरी आफूहरुको मधेस आन्दोलनमा सहयोग गर्न आग्रह गरेको समाचार बाहिर आएको थियो ।

जवाफमा लालुप्रसाद यादवले दस लाख बिहारीलाई नेपाल पठाएर आन्दोलन सफल बनाइ दिने आश्वासन दिएको समाचारमा पनि सबैले आपत्ति जनाउनुका साथै बिरोध गरिरहेका छन् ।

यस विषयमा नेपाल सरकारले पनि विज्ञप्ति जारी गरेर बिरोध गरिसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वभौम मुलुकको आन्तरिक विषयमा हस्तक्षेप हुने गरेर अभिव्यक्ति नदिन ध्यानाकर्षण गराइसकेको छ ।