
काठमाडौं, २० माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु बिहारको पटनाबाट नेपाल आउँदैछन् । मधेसी मोर्चाको आन्दोलनमा समर्थन जुटाउने उदेश्यले पटना पुगेका उनीहरु आज नेपाल आउन लागेको स्रोतले जनाएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव पटना पुगेका थिए । उनीहरुको पटना भ्रमण र त्यहाँ भएको गतिविधिका विषयमा नेपालमा आलोचना भएको छ ।
सद्भावना अध्यक्ष महतो विराटनगरतिर गएका छन् भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष राय वीरगञ्ज हिँडेको बुझिएको छ ।
यसैबीच, मधेसी मोर्चाको बैठक वीरगञ्जमा बस्ने तयारी भएको छ । मधेसी मोर्चाका शीर्ष नेताहरु वीरगञ्जमा जम्मा हुनेवित्तिकै बैठक बसेर आन्दोलन र अन्य विषयहरुमा समीक्षा गर्ने बताइएको छ ।
मधेसी मोर्चाको बैठकका लागि भन्दै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर वीरगञ्ज गएका छन् ।












प्रतिक्रिया