१४ कार्तिक २०८३, शनिबार

विदेशीले जन्माएका ‘च्याँखे पार्टी’ले आन्दोलन गर्दैमा डराउनुपर्दैन्ः पूर्वमन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-pandit

काठमाडौं, १९ माघ । पूर्व मन्त्री लालबाबु पण्डितले कसैले आन्दोलन गर्दैमा विदेशीसँग राष्ट्रियता साट्न नसकिने स्पष्ट पारेका छन् ।

मंगलबार मदन भण्डारी अध्ययन केन्द्रको ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका पण्डितले संविधान कार्यान्वयनमा भाँजो हाल्नेलाई ‘च्याँखे पार्टी’ को सङ्ज्ञा दिँदै विदेशीले जन्माइदिएकै भरमा उनीहरुले संविधान भाँड्न नसक्ने बताए ।

एमालेलाई दरो बनाउने हो भने नेतृत्व पक्ष नै दरो हुनुपर्नेमा जोड दिँदै उनले पार्टीमा सबैलाई जिम्मेवारी दिनुपर्ने र जिम्मेवारी पूरा गरे नगरेको खोजी पनि गरिनुपर्नेमा जोड दिए ।

मधेसी मुलका नेताले आफ्नो पहिचान बेचेको उल्लेख गर्दै उनले भने- ‘मैले पहिचान खोज्न कुनै देशको शरण लिने छैन, कसैको आर्शीवाद लिने छैन । नेपाली जनताको आर्शीवाद भए म नेपाली भएकोमा गौरवान्वित छु ।’