२३ कार्तिक २०८३, सोमबार

बन्यो आधा घण्टामै विश्व घुम्न सकिने विमान, क्यानडियन इन्जिनियरले गरे चमत्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

plane-Fast-1

काठमाडौं, १९ माघ । आधा घण्टामा विश्वको कुनै पनि ठाउँ पुग्नने कल्पना गर्नु आफैमा रोमाञ्चक हुन्छ ।

तर, यसलाई क्यानडाका इन्जिनियर चार्ल्स बाँम्बाडियरले साकार पारिदिएका छन् । उनले २० हजार किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्ने विमानको डिजाइन र परिकल्पना पेश गरेका छन् । अर्थात निर्माण सुरु गरिसकेका छन् ।

समाचार अनुसार इन्जिनियर चार्ल्सले यो विमानको नाम एन्टीपोड राखेका छन् ।

उनको दाबी छकि यो विमान २० हजार किलोमिटर प्रतिघण्टाको रफतारभन्दा पनि तीव्र गतिमा उड्नेछ । अर्थात तपाई यो विमानबाट काठमाडौंबाट अमेरिकाको न्यूयोर्क आधा घण्टामा पुग्न सक्नुहुनेछ ।

काठमाडौंबाट न्यूयोर्कको दूरी झण्डै १२ हजार किलोमिटर छ । यसलाई जहाजमा पुरा गर्न अहिले १५ देखि २० घण्टासम्म लाग्छ तर, यदि भविष्यमा एंटीपोड विमानले सहज उडान गरेमा यो दुरी आधा घण्टामै पुरा हुनेछ ।

यद्यपी एंटीपोड विमानले मात्र १० जना यात्रु मात्रै बोक्नेछ ।

दुनियाँको सबैभन्दा तीव्र रफ्तार विमानको सपना देखाउने इन्जिनियर चार्ल्सले यो भन्दा पहिला स्क्रीमर विमानको कन्सेप्ट र डिजाइन प्रस्तुत गरिसकेका छन् । जो आवाजको गतिभन्दा पनि १० गुणा बढी तीव्र गतिमा उड्न सक्छ ।

चार्ल्सले एन्टीपोड प्रविधिलाई एक क्यानेडियन कम्पनीको सहयोगमा बनाएका हुन् । एन्टीपोड प्रविधिमा रकेट बुस्टर लगाइएको हुन्छ । जसले यस विमानलाई ५ म्याकको गतिमा हावामा ४० हजार फिटमाथि जान सक्छ ।

हेर्नुस् भिडियो र फोटोहरु:

plane-Fastcahls AntiDope plane-Fast  plane-fast-2 plane-fast-3