३० आश्विन २०८३, शुक्रबार

जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_finalगौशाला, १९ माघ । महोत्तरी जिल्लामा आजदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला फूटबल सङ्घ महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरसहित मेघरौल र हात्तीलेट गाविसमा गरी तीन स्थानमा प्रतियोगिता सुरु भएको सङ्घका जिल्ला अध्यक्ष प्रल्हाद साहले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाका १५ फुटबल टोलीकोे सहभागिता छ । प्रतियोगितामा १५ लिग तथा तीन नकआउट सहित १८ खेल हुने बताइएको छ ।

अखिल नेपाल फूटबल सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लाले प्रत्येक वर्ष जिल्ला लिग फुटबल प्रतियोगिता गराउनुपर्छ ।

प्रतियोगिताको अन्तिम खेल यही माघ २६ गते खेलिने छ । विजेता टोलीले प्रमाणपत्र तथा सिल्ड र पुरस्कार पाउने फुटबल सङ्घ महोत्तरीले जनाएको छ । रासस