१४ कार्तिक २०८३, शनिबार

‘निषेधको राजनीति अतिवादको परिचायक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagजनकपुरधाम, १९ माघ । नेपाली काँग्रेस धनुषाले केही दिनदेखि मधेसकेन्द्रित दलका केही व्यक्तिले काँग्रेसका नेता र सभासद्का घरमा आगजनी एवम् ढुङ्गामुढा गर्ने जस्ता क्रियाकलाप गरिरहेकामा आपत्ति जनाएको छ ।

नेपाल पे्रस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति रामसरोज यादवले निजी घरमा आगजनी र ढुङ्गामुढा गर्नु निन्दनीय भएको बताउँदै काँग्रेसका लागि अधिवेशन आन्तरिक जीवनको विषय भएकाले त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निषेधात्मक प्रदर्शन गर्नु अतिवादको परिचायक हो भन्नुभयो ।

सभापति यादवले मोर्चाले अधिवेशन बिथोलेको कुरामा सत्यता नभएको बताउँदै अधिकांश गाविसमा अधिवेशन भइसकेको पनि प्रस्ट गर्नुभयो । रासस