
काठमाडौं, १९ माघ । ललितपुरमा एक भारतीय महिलाको मृत्यु भएको छ ।
ललितपुर उपमहानगरपालिका–१७ नकवहिल डेरा गरी बस्ने भारत हिमाञ्चल प्रदेश घर भएकी ६३ बर्षीया रजनी भन्ने ईश्वरी प्रधान सोमबार आफ्नै कोठाको भुईमा मृत अबस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी पोखरा उपमहानगरपालिका–१५ स्थित नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी २३ बर्षीया महिला टाउकोमा चोट लागी रगत बगेको अवस्थामा मंगलबार मृत फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया