
काठमाडौँ, १९ माघ । सवारी दुर्घटनामा परी काठमाडौंको कोटेश्वरमा एक युवकको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोकस्थित सडक खण्डमा मंगलबार विहान बा.२ ख ६९८४ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भक्तपुर मध्यपुर ठिमी बस्ने १७ बर्षीय श्रीजन ढकालको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
जेम्स स्कुल धापाखेल ललितपुर कक्षा १२ मा अध्ययनरत ढकालको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया