१४ कार्तिक २०८३, शनिबार

राजधानीमा दिउँसै कार लुट्ने दुई पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Toyota-carकाठमाडौँ, १९ माघ । जबरजस्ती कार लुटेको अभियोगमा मनमैजु ८ वस्ने २७ बर्षीय सुनिल महर्जन र २४ बर्षीय गेहेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट सुनखानी–७ घर भई नेपालटार बस्ने ३२ बर्षीय सुन्दर पाण्डेको नाममा दर्ता भएको बा.७ च ७७३१ नम्बरको प्राइभेट कार सोमबार जवरजस्ती लुटी लगेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वालाजुबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मनमैजु नेपालटार पुल नजिक उक्त कार र उनीहरुलाई फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।