२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाका तीन नेता बिहारबाट आउँदै, सचिवालय बैठक बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta-thakurकाठमाडौं, १९ माघ । सरकारसँगको वार्ताफेरि सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक आज पनि बस्दैछ ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज दिउँसो बस्ने बैठकमा आन्दोलनको समीक्षा हुनेछ ।

बैठकमा सरकारसँग सोमबार भएको वार्ताका विषयमा पनि छलफल हुने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘आन्दोलन विगत पाँच महिनादेखि जारी छ’, उहाँले भन्नुभयो, ‘आन्दोलनलाई सशक्त बनाउने विषयमा सचिवालयले गृहकार्य गर्दै आएको छ ।’
सचिवालयको तयारीअनुसार छिट्टै मधेसी मोर्चाको शीर्ष नेताहरुको बैठक बस्ने तयारीमा छ ।

यसैबची, मधेसी मोर्चाका तीन शीर्ष नेताहरु आज स्वदेश फिर्ता हुँदैछन् । उनीहरु बिहारको पटनाबाट स्वदेश आउन लागेको सुमनले बताउनुभयो ।

बिहारका नेताहरुसँग भेट्नका लागि संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव बिहार जानुभएको थियो ।