१४ कार्तिक २०८३, शनिबार

कृष्णप्रसाद स्मृति पत्रकारिता पुरस्कार मिलन के राउतलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Sigdel– सुमन घिमिरे

मोरङ, १८ माघ । प्रेस चौतारी नेपाल, मोरङ जिल्ला कमिटिले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष निगरानी दैनिकका सम्पादक मिलन के राउत पुरस्कृत हुने भएका छन् ।

विराटनगरमा सोमबार बसेको पुरस्कार छनौट समितिको बैठकले बिगत डेढ दशक यता पुर्वी मोरङलाई कार्यथलो बनाएर पत्रकारिता गर्दै आएका चौतारीका पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका राउतलाई सो पुरस्कार दिईने निर्णय गरेको हो ।

पुरस्कारका लागि प्रेस चौतारीले वरिष्ठ पत्रकार यज्ञ शर्माको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो । समितिको सोमबार बसेको बैठकमा केन्द्रीय सदस्य विक्रम लुइटेँल र इन्दिरा भट्टराई, प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, पूर्वकेन्द्रीय सदस्य एवं पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट र पुरस्कार संस्थापकका तर्फबाट सन्तोष सिग्देलको सहभागिता थियो ।

पुरस्कारको राशी नगद १० हजार १ सय ११ रहेको छ । चौतारीको स्थापना दिवसको अवसरमा यही माघ २२ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने चौतारीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।