१४ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति भारत प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Chettrai

काठमाडौँ, १८ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतका स्थलसेनाध्यक्ष दलवीर सिंहको निमन्त्रणामा आज सप्ताहव्यापी औपचारिक भ्रमणका लागि नौ सदस्यीय भ्रमण दल सहित भारत प्रस्थान गर्नुभएको छ ।

प्रधान सेनापतिको नियुक्तिपछि पहिलो पटक हुन लागेको उहाँको भारत भ्रमणको सिलसिलामा यही माघ २० गते भारतका राष्ट्रपतिबाट उहाँलाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम छ ।

भ्रमणका अवसरमा प्रधानसेनापति क्षत्रीले भारतीय गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री लगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भेटघाटका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका राष्ट्रपति तथा वरिष्ठ भारतीय अधिकारीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाल सरकार र नेपाली जनताका तर्पmबाट शुभकामना दिनुहुनेछ ।

सेनापति क्षत्रीको भ्रमण अवधिभर बलाधिकृत रथी बलदेवराज महतले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने जनाइएको छ ।