१४ कार्तिक २०८३, शनिबार

ग्यास कालोबजारी गर्ने सशस्त्रका पूर्व इन्सपेक्टर पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330

काठमाडौं, १८ माघ । नेपाल सरकारले तोकेको दररेट भन्दा अत्यधिक वढी मुल्य लिई पेट्रोलियम पदार्थ विक्री गरी कालोवजारी गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक कुनचोक गाविस–४ का ४५ वर्षीय राजेश भारती र काभ्रे नाला टुसालकी २७ वर्षीया यशोदा बजगाँई रहेका छन् । भारती सशस्त्र प्रहरीका पूर्व प्रहरी निरीक्षक हुन् । भारतीको बौद्धस्थित पसलबाट भरिएका २८५ ग्यास सिलिण्डर बरामद समेत भएको छ ।

भारतीले कालोबजारी गरेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले सोमबार अपरान्ह छापा मारेको हो । छापा मार्दा २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर बरामद भएको अपराध महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालले बताए ।

काठमाडौं वुढानिलकण्ठ नगरपालिका–१४ कपन आकाशेधारास्थित भारतीको रारा एडज इन्टरप्राइजेज नामक ग्यास बिक्रेता पसलवाट ग्याँसहित सोमबार भारतीलाई र काठमाडौं महानगरपालिका–१४ कंलकीस्थित गोर्खा मनकामना फलफुल तथा कृषि बजारमा रहेको उग्रचण्डी स्टोर नामक पसलवाट डिजेल, पेट्रोल र मट्टितेलससहित बजगाँईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कालोबजारी गर्ने उद्देश्यले आधा सिलिण्डर ग्यासको १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिएर बिक्री गरिरहेको खुल्न आएको छ ।

घटनाका सम्बन्धमा महाशाखाबाट थप अनुसन्धान भइरहेको छ भने उनीहरुलाई कानुन वमोजिम कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।