१४ कार्तिक २०८३, शनिबार

विदेशबाट फर्केर श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanचितवन, १८ माघ । चितवनमा एक महिलाको हत्या भएको छ ।

वैदेशिक रोजगारीमा गएका भरतपुर–७ कृष्णपुर उज्जवलटोलका ३८ वर्षीय त्रिभुवन काफ्लेले फर्केको २ साता नबित्दै श्रीमती जमुना काफ्लेको धारिलो हतियार प्रहार गरी हत्या हत्या गरेको गरेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बसन्त कुँवरका अनुसार घरायसी विवादका कारण उनले धारिलो हतियार फलामे दाउले टाउकोमा प्रहार गरी जमुनाको हत्या गरेको खुल्न आएको छ ।

हत्याको ठोस कारण खुल्न बाँकी छ । श्रीमतीको हत्यापछि काफ्ले आँफै प्रहरीमा बच्चासहित आत्मसर्मपण गर्न आएका थिए । पैसा र परपुरुषसँगको अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

अभियुक्त काफ्लेलाई हिरासतमा राखेर कारवाही प्रक्रिया अगाडी बढाइएको चितवन प्रहरीले जनाएको छ ।