१४ कार्तिक २०८३, शनिबार

बाबुछोरा मिलेर भतिजाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483

बैतडी, १८ माघ । दार्चुलामा बाबुछोरा मिलेर भतिजाको हत्या गरेका छन् ।

ग्वानी गाविस–४ का ६० वर्षीय करवीरसिंह धामी र उनका २२ वर्षीय छोरा केशवसिंह धामीले आइतबार राति २८ वर्षीय गोपालसिंह धामीको हत्या गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाले जनाएको छ ।

आइतबार साँझ अंशबण्डाको विवादपछि राति बाबुछोरा मिलेर भतिजाको कुटपिटपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने दुबैलाई सोमबार नियत्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रासस