२३ कार्तिक २०८३, सोमबार

यूएन मिसनमा खटिएका नेपाली सेनाका जर्नेलको सुडानमा मृत्यु, शव नेपाल ल्याइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharat-Sing

काठमाडौं, १८ माघ । नेपाली सेनाका सहायक रथी (जर्नेल)को सुडानमा मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि यूएन मिसन अन्तर्गत सुडानमा फोर्स मेडिकल अफिसर्सको नियुक्तिमा कार्यरत नेपाली सेनाका प्राविधिक सहायक रथी डा. भरत प्रसाद सिंहको खार्तुमको बराह मेडिकल सिटीमा मृत्यु भएको हो ।

गस्तीमा खटिएका बेला आक्रमणमा परी घाइते भएका जर्नेल सिंहको बेड भर्ना भई उपचारको क्रममा माघ १० गते मृत्यु भएको शैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ । सिंहको शवलाई आइतबार नेपाल ल्याएर आज छाउनीस्थित वीरेन्द्र अस्पतालबाट पशुपति आर्यघाटमा लगि विधिपूर्वक सैनिक सम्मानका साथ अन्तिम श्रद्धाञ्जली अर्पण गरी अन्तेष्टि गरिएको छ ।

यसैक्रममा, कायम मुकायम प्रधान सेनापति रथी वलदेवराज महतले सिंहको पार्थिव शरिरमा माल्यार्पण गरी नेपाली सेनाको तर्पmबाट भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गरेका छन् । सोही अवसरमा नेपाली सेनाका अन्य रथीबृन्द, अधिकृत एवं अन्यदर्र्जाको साथै उनका नाता कुटुम्ब तथा परिवारजनहरुले समेत पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
सिंहको पार्थिव शरिरलाई नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण समेत गरेको थियो ।

नेपाली सेना विगत ६ दशकभन्दा अघिदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरुमा शान्ति सैनिकका रुपमा खट्टिई आफुलाई सुम्पिएको जिम्मेवारी कूशलतापूर्वक निर्वाह गर्दै आएको जंगीअड्डाले जनाएको छ ।

एक सैनिक व्यक्ति राष्ट्रले दिएको कठिन भन्दा कठिनतम् आदेशलाई शीरोपर गर्दै मातृभूमि, आफ्ना परिवारजन तथा सहकर्मी मित्रहरुबाट टाढा रहंदै अपरिचित र कठिन भौगोलिक सुरक्षा परिस्थितिमा समेत विश्व शान्ति स्थापनार्थ तैनाथ हुनु आफैंमा गौरवको विषय भएको सेनाले भनेको छ ।

‘अझ, विश्व शान्ति र भात्तृत्वका लागि खट्टिदा खट्टिदै शहादत प्राप्त गर्नु आफैंमा विशिष्ट त्याग र बलिदान हो । शान्ति स्थापनाको पूण्य कार्यमा समर्पित सैनिक व्यक्तिको यस बलिदानले विश्व शान्तिप्रतिको नेपालको अटुट समर्पणलाई थप उजागर गरेको छ ।’ सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार हालसम्म शान्ति स्थापनार्थ तैनाथ ६३ जना शान्ति सैनिकहरुको मृत्यु भइसकेको छ ।