१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय अनुसन्धानमा जागिर खुल्यो, आकर्षक तलब

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalकाठमाडौं, १८ माघ । देशको चौथो सुरक्षा निकाय राष्ट्रिय अनुसन्धान विभागमा नयाँ भर्ना खुलेको छ ।

गृह मन्त्रालय मातहतको विभागले सोमबार सार्वजनिक सूचना जारी गरी अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आब्हान गरिएको जनाएको छ ।

सूचनाअनुसार २७ जना अनुसन्धान अधिकृत र ४८ जना अनुसन्धान सहायकका लागि भर्ना खोलिएको हो ।

अनुसन्धान अधिकृतका लागि घटिमा स्नातक वा सो सरहको प्रमाणपत्र, अनुसन्धान सहायकका लागि कम्तीमा प्रमाणपत्र तह उर्तिण हुनुपर्ने विभागले जनाएको छ ।

यो पदमा तलब पनि निकै आकर्षक रहेको विभागले जनाएको छ ।

दरखास्त आह्वानबारे बुझ्न यहाँ क्लिक गर्नुस्ः