
काठमाडौं । ७ देखि १४ वर्ष उमेर समूहका स्कूल अध्ययनरत बालिकाहरुमा लक्षित ‘लिटिल मिस नेपाल २०१६’ हुने भएको छ ।
उल्लेखीत उमेर समूहका बालिकाहरुको प्रतिभा प्रस्फुटन, आत्मविश्वास तथा नेतृत्व विकास क्षमताको अभिवृद्धि, व्यक्तित्व विकास, सामाजिकिकरण, स्टेज प्रस्तुतिकरण लगायत मुख्य प्रशिक्षण सहित ई प्लानेट प्रालिले ९औं संस्करणको लिटिल मिस नेपाल आयोजना गर्ने भएको छ । आगामी वैशाख महिनामा ग्राण्ड फिनाले तय भएको यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।
प्रतियोगिताका विजेता, फस्ट तथा सेकेन्ड रनर अप तथा अन्य योग्य र प्रतिभावान् चार जना बालिकाले बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्नेछिन् ।
बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ई प्लानेटको सुखद र सफल अनुभव रहेको छ । इप्लानेट मार्फत् लिटिल मिस वल्र्ड युनिभर्स २०१४मा सहभागिता जनाएकी लिटिल मिस नेपाल २०१४ का विजेता दृष्टि दाहालले प्रतियोगिताको शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् । यसैगरी ‘चिल्ड्रेन अफ द युनिभर्स’मा सहभागिता जनाएका रोजा पाण्डेले शिर्ष उपाधिसहित ‘पर्सनालिटी’, पराग काफले ‘ट्यालेन्ट अवार्ड’ तथा अनिसा थापाले ‘स्टार फष्ट रनरअप’ र दिव्यश्वरी भट्टराईले ‘सुपर ग्रेस फष्ट रनरअप अर्वाड’ जितेका थिए ।
यही क्रममा लिटिल मिस एण्ड मिष्टर युरोशिया २०१५ मा ईप्लानेट प्रा.लि. मार्फत् सहभागि भएकी दश वर्षिया समृद्धि थापाले फस्ट रनर अप तथा लिटिल मोडल २०१५को अवार्ड आफ्नो नाममा सुरक्षित राखेकी थिइन् भने ९ वर्षिया संयुक्ति थापाले प्रिन्सेस् अफ युरेशियाको अवार्ड हात पारेकी थिइन् । यसैगरी दश वर्षिया मेघिका काप्रीले भने टर्कीमा सम्पन्न लिटिल मिस एण्ड मिष्टर वल्र्ड २०१५ मा मोष्ट ट्यालेन्टेड विधाको अवार्ड जितेकी थिइन् ।
ईप्लानेट प्रालिको यात्रा
सन् २०११ बाट सौन्दर्य प्रतियोगिताको सफल आयोजन, कुशल व्यवस्थापन र प्रभावकारी परिणामका लागि पहिचान बनाउन सफल संस्था ई प्लानेट प्रा.लि. आजको मिति सम्म आइपुग्दा स्थानीय, क्षेत्रीय एवं राष्ट्रिय स्तर हुँदै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको सफल आयोजक तथा कुशल व्यवस्थापकका रुपमा स्थापित हुनका साथै अन्तर्राष्ट्रिय पुरस्कारको हकदार समेत बनेको छ ।
सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ । जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन् । एउटै मंचमा चार वटा विभिन्न शीर्षक अन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमहरुको प्रस्तुति देखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सह आयोजक समेत रहेको छ । इप्लानेट नेपाल मार्फत् मिसेस् युनिभर्स २०१३ र २०१४, मिसेस् ग्लोब २०१३ र २०१४, चिल्ड्रेन अफ द युनिभर्स २०१३, लिटिल मिस युनिभर्स २०१४, मिस इन्टरकन्टिनेन्टल २०१३, मिस टिन एसिया प्यासिफिक २०१४ मा नेपालको तर्फबाट सफल प्रतिनिधित्व उपलब्धि हासिल गरेको छ ।
सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘मिस हेरिटेज इन्टरनेशनल’ को आयोजक संस्था समेत रहेको ई प्लानेट प्रा.लि.ले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपालमै पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न गरेको थियो । यसैगरी २०१५ को संस्करणलाई गएको डिसेम्बर ६ देखि १३ तारिख सम्म भारतको नयाँ दिल्ली शहरमा सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।















प्रतिक्रिया