३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेटः भारतसँग हाऱ्यो नेपाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Vs-India-U19Wc

काठमाडौं, १८ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

यसअघिका खेलमा निरन्तर विजयी हुँदै आएको नेपाल सोमबार बंगलादेशको ढाकास्थित शेर ए बङ्गला राष्ट्रिय रङ्गशालामा भारतसँग ७ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाउँदै १६९ रन जोडेको थियो । जवाफी व्याटिङमा उत्रिएको भारतले १८.१ ओभरमा ३ विकेट गुमाएर १७५ रन बनायो ।

भारतका लागि ओपनर रिशव पन्तले २४ बलमा सर्वाधिक ७८ रन जोडे । ९ चौका र ५ छक्का प्रहार गरेका पन्तलाई प्रेम तामाङले आउट गरे ।अर्का ओपनर इशान खानले ५२ रन जोडे । उनलाई सन्दिप लामिछानेले आउट गरे । सर्फराज खानले २१ रन थपे ।

प्रतियोगितामा खेल सुरु हुनु अगावै बाक्लो हुसु लागेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ४८ ओभरमा झारिएकोे थियो ।

यसअघि नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रनको योगदान दिए । त्यस्तै राजवीर सिंहले ३५, आरिफ शेखले २६, योगेन्द्र सिंह कार्कीले ७, राजु रिजालले ६ तथा दिपेन्द्र सिंह ऐरीले १ रन जोडे ।

बलिङतर्फ भने भारतका अभेस खानले ३ विकेट लिए भने मयंक डगर र वासिंगटन सुन्दरले समान २/२ विकेट लिए ।

प्रतियोगितामा दुवै टोलीले यसअघि नै क्वार्टरफाइनलको यात्रा तय गरिसकेका छन् । समूह ‘डि’ मा रहेका दुवै टोलीमध्ये भारत जितसँगै समूह विजेता बनेको छ ।

भारतसँग हारेपनि नेपाल समूह उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । नेपालले सेमिफाईनल प्रबेशको लागि समूह ए को बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।