१४ कार्तिक २०८३, शनिबार

मधेसमा फेरि यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गौशाला, १८ माघ । जनकपुरमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आज पुनः महोत्तरी र धनुषामा यातायात बन्द भएको छ ।

महोत्तरीको जलेश्वर–जनकपुर, जलेश्वर–बर्दिबास, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–मटिहानी सबै सडकखण्डमा आज बिहानैदेखि सार्वजनिक यातायातका बस चलेका छैनन् ।

त्यस्तै, आज बिहानैदेखि महोत्तरीको सदरमुकाम जलेश्वरसहित धनुषाको जनकपुर तथा वरपर सबै ठाउँको बजार पनि बन्द रहेको छ । पाँच महिनापछि गत बुधबारदेखि मात्रै सञ्चालनमा आएको सार्वजनिक यातायात सेवा आजदेखि बन्द हुँदा महोत्तरी र धनुषाका लाखौँ जनता मर्कामा परेका छन् ।

अत्यावश्यक कामकाजका लागि महोत्तरी र धनुषाबाहिर जाने खोज्नहरु यातायात नखुलेर बिचल्लीमा परेका छन् । रासस