१४ कार्तिक २०८३, शनिबार

नेपाल-भारत नाकामा थप एक पक्राउ, दायाँबायाँ खल्तीभित्र भेटियो यस्तो वस्तु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

santosh-chaudhary– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १७ माघ । लागू औषधसहित नेपाल भारत सीमा नाका बेलहियाबाट आइतबार एक युवक पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षका युवक सन्तोष चौधरी रहेको लागू औषध नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ ।

भारतको सुनौलीबाट भैरहवा आउँदै गरेका चौधरीलाई चेकजाँचका क्रममा प्रहरीले ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम र नाइट्रोभेट १५ ट्याब्लेट्सहित पक्राउ गरेको हो ।

निलो ज्याकेटको दायाँबायाँ खल्ती भित्र लुकाई भैरहवा आउँदै गर्दा पक्राउ परेका सन्तोष चौधरीले आफुले उक्त लागू औषध मोहन मधेसियाबाट खरिद गरेको बताएका छ्न ।