२३ कार्तिक २०८३, सोमबार

एमाओवादीले किन राख्यो आकस्मिक पत्रकार सम्मेलन, पदाधिकारी बैठक बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका विषयमा छलफल गर्न दोस्रो ठूलो सत्तारुढ दल एमाओवादीको पदाधिकारी बैठक बस्दैछ ।

मध्यान्ह १२ बजे पार्टी मुख्यालय कोटेश्वरमा बस्ने बैठकमा मधेसी मोर्चाको आन्दोलन र वार्ताका विषयमा पनि छलफल हुने बुझिएको छ ।

बैठकमा विशेष गरेर सरकारको कामकारबाही र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नबारेमा पनि छलफल हुनेछ ।

सरकारको कामकारबाहीप्रति असन्तुष्ट एमाओवादीले आफ्ना मन्त्रीहरूलाई जनताले राहत पाउने गरी काम गर्न निर्देशन दिइसकेको छ ।

एमाओवादीले आन्दोलनरत मधेसी र थारु आन्दोलनकारीको मागका विषयमा पनि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा धारणा बनाउनेछ । उसले वार्तालाई अलि तीब्रताका साथ आगाडि बढाउन सरकारले दबाव दिने एक नेताले बताए ।

पदाधिकारी बैठक सक्किनेवित्तिकै एमाओवादीले पत्रकार सम्मेलन राखेको छ । पत्रकार सम्मेलन दुई बजेका लागि तोकिएको छ । पत्रकार सम्मेलनमा एमाओवादीले सरकारका विषयमा आफ्नो आधिकारिक धारणा दिने स्रोतको भनाइ छ ।