२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाका शीर्ष नेताहरू सुटुक्क मुज्जफरपुरतिर लागेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ माघ । मधेस आन्दोलनले पाँच महिना पारगर्दै गरेका बेला मधेसी मोर्चाका नेताहरू भारतको बिहार राज्यस्थित मुज्जफरपुर पुगेका छन् ।

आइतबार मुज्जफरपुर पुगेका मधेसी मोर्चाका नेताहरूलाई ‘बोर्डर वीथ हार्मोनी’ नामक संस्थाले बोलाएको हो । यो संस्था बिहारका पूर्व सांसद रघुवंश प्रसाद सिंहले नेतृत्व गर्दै आएका छन् ।

सो संस्थाले आयोजना गर्ने नेपाल–भारत सम्बन्ध र देखिएका समस्याका विषयमा अन्तरक्रिया गर्ने स्रोतले जनाएको छ । शीर्ष नेताहरूको मुज्जफरपुरमा भब्य स्वागत भएको छ ।

मुज्जफरपुर पुग्नेमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अधयक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव रहेका छन् । उनीहरूले आफूहरूको मधेस आन्दोलन र नेपाल–भारतसमबन्धका विषयमा जानकारी गराउने बुझिएको छ ।

मधेसी मोर्चाका शीर्ष नेताहरू मंगलबार राजधानी आउने कार्यक्रम छ । राजधानी आएपछि आन्दोलनका विषयमा समीक्षा गर्ने सद्भावना पार्टीका महासचिव मनीष समुनले जानकारी दिनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर भने बिहार गएका छैनन् । स्वास्थ्यका कारण उनी बिहार नगएका हुन् ।